अप्रिलमा भित्रिए एक लाख ११ हजार पर्यटक

पर्यटकीय सिजन चलिरहँदा पर्यटकको आगमन बढेको छ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।

यसअघि सन् २०२२ मा ६१ हजार ५८९, सन् २०२१ मा २२ हजार ७३२, सन् २०२० मा १४ जना सन् २०१९ मा एक लाख ८ हजार १०६ पर्यटक आएका थिए।

अप्रिलमा सबैभन्दा बढी ३० हजार १५८ सय पर्यटक भित्रिएका छन्। त्यस्तै अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१ र अष्ट्रेलियाबाट चार हजार ११० पर्यटक भित्रिएका छन्।

त्यस्तै बंगलादेशबाट चार हजार, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र माल्दिभ्सबाट दुई हजार ३१० पर्यटक भित्रिएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.