आक्रामक लगानी गर्दै यती एयरलाइन्स, फेरि तीन अर्बमा तीन जहाज ल्याउँदै

काठमाडौं। सञ्चालनमा आएको २५ वर्षपछि साझेदार भित्र्याएको यती एयरलाइन्सले पछिल्लो समय आक्रामक लगानी बढाइरहेको छ। ४९ प्रतिशत सेयर हिस्सा एसियन लाइफ इन्स्योरेन्सलाई दिएर साझेदार भित्र्याएको एक वर्षकैबीचमा ५ अर्ब बढी लगानी गर्न लागेको हो।

यतीले गत माघमा २ अर्ब लागतमा २ वटा एटीआर ७२ जहाज ल्याएको थियो। यतीले सन् २०२४ भित्रै तीनवटा जहाज ल्याउने तयारी गरेको छ। यती एयर लाइन्सका अध्यक्ष लाक्पासोनाम शेर्पाले ०२४ भित्रै तीन वटा जहाज ल्याउने जानकारी दिए।

हाल ७ वटा जहाज मार्फत उडान गरिरहेको यतीले तीन वटा जहाज ल्याएर १० वटा पुर्‍याउने भएको हो। एउटा जहाजको मूल्य करिब १ अर्ब रुपैया पर्छ। तीन वटा जहाजका लागि यतीले तीन अर्ब लगानी गर्न लागेको अध्यक्ष शेर्पाको भनाइ छ।

कोभिड १९ र त्यसपछि जारी आर्थिक मन्दीको कारण यती एयरलाइन्स आर्थिक संकटमा परेको थियो। आर्थिक संकटलाई पार लगाउन नया जहाज ल्याउनु पर्ने र त्यसका लागि बैंकबाट ऋण लिँदा चर्को व्याज पर्ने भएपछि विकल्पको रुपमा साझेदार भित्र्याउनु परेको अध्यक्ष शेर्पाले बताउदै आएका छन्। खासगरी केहि वर्ष अघि एटीआर जहाज पोखरामा दुर्घटनामा परेपछि केहि वर्ष संकटमा परेको थियो।

यात्रु अभावको कारण चरम संकटमा परेपछि बैंकहरुले ब्याज र किस्ता तिर्न ताकेता गरेपछि यतीले स्थापनाको २५ वर्षपछि पहिलो पटक साझेदारको रुपमा एसियन लाइफ इन्स्योरेन्सलाई भित्र्याएको थियो। कम्पनीले यसै वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर९आइपिओ० जारी गर्ने तयारी गरेको छ।

हाल यतीले नेपालका सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल हवाई सेवा दिँदै आएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.