गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

ललितपुरस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटलले केही दशकदेखि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार, पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ।

प्रभु बैंकले ३०२ शाखा कार्यालय, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.