गुडविल फाइनान्सको नाफा ८६.६८% ले घट्यो

गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इम्पेरिमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेकोले एक वर्षको अवधिमा खुद नाफा प्रभावित भएको हो ।

यस कम्पनीले गत वर्ष १५ करोड नाफा कमाएको थियो । उक्त नाफा चालु आर्थिकवर्षको तुलनामा ८६.६८ प्रतिशतले कम हो ।

यसैगरि गत वर्ष १२ करोड २४ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालुवर्ष बढेर १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि ८६.९५ प्रतिशतले घटेर २ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

यता, कम्पनीको खुद ब्याज आम्दानी भने ५७.७३ प्रतिशतले बढेर ३१ करोड ५७ लाख रुपैयाँ भएको छ । गुडविलको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ८३ पैसा छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.