काठमाडौं। मंगलबारका लागि अमेरिकी डलरको सटही दर घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको हो। मंगलबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ १२ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ७२ पैसा तोकिएको छ।
यसअघि सोमबार १ डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो। गत शुक्रबारदेखि डलरको कारोबार सोही मूल्यमा भइरहेकोमा मंगलबारका लागि सामान्य घटेको हो।
त्यस्तै युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा कायम गरिएको छ। यसअघि शुक्रबाकर युरो १ को खरिद दर १४४ रुपैयाँ ५७ पैसा तथा बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको थियो।