घट्यो अमेरिकी डलरको सटही दर

काठमाडौं। मंगलबारका लागि अमेरिकी डलरको सटही दर घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको हो। मंगलबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ १२ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ७२ पैसा तोकिएको छ।

यसअघि सोमबार १ डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो। गत शुक्रबारदेखि डलरको कारोबार सोही मूल्यमा भइरहेकोमा मंगलबारका लागि सामान्य घटेको हो।

त्यस्तै युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा कायम गरिएको छ। यसअघि शुक्रबाकर युरो १ को खरिद दर १४४ रुपैयाँ ५७ पैसा तथा बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको थियो।exchange-1710206489.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.