झण्डै सात घण्टा अवरुद्धपछि चल्न थाल्यो इन्टरनेट

बिहीबार करिब सात घण्टासम्म अवरुद्ध भएको इन्टरनेट सेवा मध्यरातिबाट सञ्चालनमा आएको छ ।

बिहीबार दिउँसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि गएराति १० बजेपछि सेवा सञ्चालनमा आएको हो ।

अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको सेवा प्रदायक कम्पनीहरूले बताएका छन् । वर्ल्ड लिंक, भायानेटसहितका इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा पुर्नस्थापित भएको जानकारी गराएका छन् ।

यसअघि प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका थिए ।

नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई आयात गरेको ब्यान्डविथबापतको तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

तर, सरकारले कर नतिरेको बताएर नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूलाई विदेशी मुद्रा भुक्तानका लागि सिफारिस गर्न रोक लगाएको छ ।

आफू भुक्तानी नपाएपछि अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले सेवा रोकिदिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.