दोस्रो दिन पनि घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको मात्र ४७ करोडको कारोबार

काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक नेप्से घट्न पुगेको छ । आइतबार दिन १७ अंकमाथिले घट्दै २ हजार १८ अंकमा झरेको नेप्से सूचक सोमबार पनि ६।२६ अंकले घट्दै २ हजार १२।०७ अंकमा झरेको हो ।

सोमबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०।९१ अंकले घट्दै ३५५।६६ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

६ अंकले सूचक घटेको यस दिन २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

सोमबार होटल तथा पर्यटन र ट्रेडिङ दुई समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।

कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार ८६ वटा कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

सोमबार पनि उच्च कारोबारको शीर्ष स्थानमा सर्वोत्तम सिमेन्ट रहेको छ । कम्पनीको मात्र आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको सेयर सोमबार बजारमा कारोबार भएको छ । यस्तै कम्पनीको सेयर मूल्य भने सोमबार ३।४४ प्रतिशतले घटेर प्रतिकित्ता ९४१ रुपैयाँमा झरेको छ ।

सोमबार गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मै खोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ९।९८ प्रतिशतले घट्न पुगेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.