नेप्से परिसूचकमा साढे ५६ अंकको वृद्धि

काठमाडौं– नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।

२२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.