नेप्से सूचक १७ अंकले घट्यो, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौँ । चार दिनपछि एकैपटक सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७।०१ अंकले घट्दै २ हजार ३१।५५ अंकमा झरेको हो ।

त्यसो त यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४।६४ अंकले घट्दै ३६०।७७ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै आज कारोबार समेत केही घट्दै २ अर्ब ४८ करोड ९१ लाखमा झरेको छ ।

आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोर्टलर्स नेपाल ९बालाजु० को सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । तर किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले भने आज समान १० प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.