भक्तपुरको प्लाइ कारखानामा आगलागी, दुई जना घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गए राति आगलागी हुँदा कारखानामा रहेका दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्ध नारायण श्रेष्ठ सामान्य घाइते छन् । त्यस्तै भारतको बंगाल घर भई सोही ठाउँमा काम गर्ने २९ वर्षीय मनु उर्वा गम्भीर घाइते छन् ।

भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.