लुम्बिनीमा भियतनामी पर्यटक ल्याउनबारे सहमति

नेपालका लागि लागि मित्रराष्ट्र जनवादी भियतनामका राजदूत न्हुएन थान हाई, अवैतनिक वाणिज्यदूत राजेश काजी श्रेष्ठ र नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कुमार मलहोत्रा तथा संस्थाका पदाधिकारी सहित बैठक बसेको छ।

नेपालमा पर्यटकको आगमन वृद्धि गर्न बुद्ध जन्मेको भूमि लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन सम्बनधित निकायहरूसँग समन्वय गरी मुलुकको पयर्टन क्षेत्रको विकासमा सहयोग पुर्‍याउने बारे सहमति गरिएको हो।

नेपालको कृषिक्षेत्रको विकासका लागि समाजवादी गणतन्त्र भियतनामसँग सहकार्य गरी त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न आवश्यक पहल गर्दै कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकरात्मक सहयोग पुर्‍याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात निर्यातलाई अझ सहज बनाउने बारे छलफल गरिएको थियो।

यसै सन्दर्भमा मित्रराष्ट्र भियतनामको पहलमा नेपालमा फुड प्रोसेसिङ प्रोजेक्ट सञ्चालन गर्ने बारे पनि छलफल गरिएको छ।

दुई राष्ट्र बीचको प्रगाढ सम्बन्ध ५० वर्ष पुगेको उपलक्षमा ५०औं वार्षिकउत्सव विभिन्न कार्यक्रमका साथ मनाउन पहल तथा छलफल गर्ने सहमति भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.