सडक बत्ती बालेबापत स्थानीय तहले तिरेनन् ६ अर्ब रुपैयाँ, प्राधिकरणले भन्यो- ‘तत्काल तिर्नू’

काठमाडौं। विभिन्न स्थानीय तहले सडक बत्तीमा प्रयोग गरेको विद्युत्‌को महसुल नतिर्दा नेपाल विद्युत् प्राधिकरणले तत्काल तिर्न आग्रह गरेको छ। विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोगबापतको ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले सार्वजनिक सूचनामार्फत महसुल तत्काल तिर्न आग्रह गरेको हो।

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ ९संशोधनसहित० को दफा २ को खण्ड ९ङ १० बमोजिम गैरकानुनी रहेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ। विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्नरबुझाउन बाँकी रहेको छ,ु प्राधिकरणले शुक्रबार सूचना जारी गरेको सूचनामा भनेको छ।

पत्राचारमार्फत् जानकारी गराइँदै आए पनि हालसम्म महसुल नतिरेको प्राधिकरणले बताएको छ। बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न तथा गराउन प्राधिकरणले आग्रह गरेको छ।

nea-1711682965.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.