सुनचाँदीको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजो सोमबारको तुलनामा सामान्य वृद्धि भएको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य ९३ हजार ३०० र तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.