सेयर बजार राताम्मे, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक ३०.५६ अंकले घटेर परिसूचक २०७०.५९ बिन्दु कायम भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ १२.४४, विकास बैंक ९९.२५, वित्त ४०, होटल ९८.९७, जलविद्युत १६.०९, जीवन बिमा १८७.७३, उत्पादन तथा प्रशोधन ५९.८५, माइक्रोफाइनान्स ५७.९१, निर्जीबन बिमा १९७.९७, अन्य ४०.८४ र ट्रेडिङ समूहको उपसूचक १४.८५ अंकले घटेको छ ।

बजार राताम्मे भएपनि तीन कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीमा बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त र सुपर माई हाईड्रोपावर कम्पनीमा लागेको हो ।

कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, सृजनशिल लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स पहिलो स्थानमा छ । कम्पनीको ३२ करोड ५० लाख ४५ हजार ७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स र सानिमा मिडल तमोर हाईड्रोपावर कम्पनी रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.