१९६० विन्दुमा नेप्से, २ अर्ब १४ करोडको सेयर कारोबार

मंगलबार नेप्से परिसूचक २।०६ अंकले बढेको छ।

नेप्से ०।१० प्रतिशतले बढेर १९६०।८१ विन्दुमा बन्द भएको छ।

मंगलबारको बजारमा दुई अर्ब १४ करोड पाँच लाख दुई हजार ६२१ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँले कमी आएको हो।

यस दिन ३१४ वटा धितोपत्रको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भएको हो।

ीबहmष् दबलप
मंगलबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८५६ रूपैयाँ ७० पैसा कायम भएको छ।

यस्तै, इन्फिनिटी लघुवित्तको सेयर मूल्य ८।४७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २८० रूपैयाँ कायम भएको छ।

बोटलर्स नेपाल ९तराइ०को सेयरमूल्य ६।२३ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य १३ हजार १९३ रूपैयाँ ७० पैसा कायम भएको छ।

यस्तै, सिवाइसी नेपाल लघुवित्तको मूल्य ५।९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५०३ रूपैयाँमा झरेको छ।

मंगलबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६५१ रूपैयाँमा ८ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १।७२ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आरएसडिसी लघुवित्त रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४६ रूपैयाँ ९० पैसामा ६ करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको भने बाँकी ९ समूहको परिसूचक घटेको छ।

यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक २।४३ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १।०९ प्रतिशतले घटेको छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.