१ लाख २६ हजारमा ३ दिनदेखि स्थिर सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेर ३ दिनदेखि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ रहेको छ। उक्त मूल्यमा विगत तीन देखि कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार आइतबार, सोमबार र मंगलबारदेखि सुनको मूल्य स्थिर छ। यसअघि सुनको मूल्य फागुन २१ गतेयता निरन्तर उकालो रहेको थियो। फागुन २१ गते प्रतितोला १ लाख हजार रुपैयाँका दरले सुन कारोबार भएको थियो। चाँदीको मूल्य भने सोमबारको तुलनामा बढेको छ। सोमबार १ हजार ४७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ४८५ रुपैयाँमा भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.