२ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य ई सय रुपैयाँ प्रतितोलाका दरले बढेको हो।

सोमबारका लागि छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। त्यस्तै सोमबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ तोकिएको छ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँ रहेको थियो। सोमबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ।

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ। यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ६४० रुपैयाँ रहेको थियो। पछिल्लो समय सुन तथा चाँदीको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.