नाडाका पदाधिकारी निर्वाचन सम्पन्न, को–को भए चयन ?

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन गरेको छ।

नाडाको आज सम्पन्न निर्वाचनबाट संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन्। दुई उपाध्यक्षमा भने राजनबाबु श्रेष्ठ निर्वाचित भएका छन् भने समान मत ल्याएर सुनिल रिजाल र निराकार श्रेष्ठले एक/एक वर्ष कार्यकाल बाँड्ने भएका छन्।

नाडा महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यषमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन्।

नाडाको संस्थागत सदस्यमा ५ जना र सदस्यमा १० जना निर्वाचित भएका छन्। त्यस्तै अध्यक्षबाट मनोनित ३ जना सदस्य र आमन्त्रित सदस्यमा २ जना चयन भएका छन्।

गत मंसिर २३ गते सम्पन्न निर्वाचनबाट नाडा अध्यक्षमा ध्रुवबहादुर थापा निर्वाचित भएका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.