अवैध विदेशी मुद्रासहित दुई जना पक्राउ

अबैध बिदेशी मुद्धा सहित दूई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बिहिवार काठमाडौं महानगरपालिका वडा नम्वर ३५ वस्ने २९ वर्षीय चन्दा थापा र भारत बम्वई महाराष्ट्र वस्ने ४८ वर्षीय बिनायक कुमार बाबुलाल शाहलाई नियन्त्रमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले भारतिय, अमेरीकी डलर, युरो सहितका ३१ लाख २८ हजार ७ सय ९ रुपैयाँ बरामद गरेको छ। प्रहरीले थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.