नौ स्थानीय तहका ५४ वडा सचिवविहीन

स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्नै लाग्दासम्म पनि जिल्लाका अधिकांश वडा सचिवविहीन छन् । जिल्लाका नौ स्थानीय तहका ६९ मध्ये ५४ वटा वडा सचिव विहीन रहेको पाइएको छ ।
वडाको प्रशासनिक काम गर्नका लागि एक सचिवको दरबन्दी हुन्छ । वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकाको केन्द्रमै पुग्नुपर्ने बाध्यता छ ।
हालसम्म पनि वडा सचिव वडा कार्यालयमा नपठाइँदा वडाका काम पनि नगरपालिकाबाटै गर्नु परेको हुँदा काममा निकै चाप थपिएको बूढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय बताउँछन् । एक सचिवले दश वटै वडाको काम गर्नु परिरहेकाले त्यसको चाप नगरपालिकामा थपिएको उनको भनाइ छ । वडा सचिव नहुँदा नजीकबाटै सेवा लिने स्थानीयवासी गाउँपालिकाको केन्द्रसम्मै पुग्नुपर्ने बाध्यता एकातिर छ भने गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत असहजता भरहेको स्वामीकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाहीले बताए ।
स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नभएको र वडा कार्यालयमा सचिव नहुँदा वडाध्यक्षलाई समेत असहज भएको छ । सचिव नहुँदा दैनिक प्रशासनिक कामका लागि समेत अप्ठेरो भहरहेको बूढीनन्दा – १ का वडाध्यक्ष नृपराज खत्रीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.