४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना सुरु हुँदै

अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको रुपमा  ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।

यो आयोजना कम्पनीले निर्माण गरेको तेस्रो आयोजना हो । यस भन्दा पहिले सोही क्षेत्रमा कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

साथै आगमी चैत मसान्तभित्र ८ मे.वा. क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुँदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गर्नेछ । यो आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने जनाएको छ ।

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाका दिनमा र बाँकी ७० प्रतिशत वर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गर्नेछ ।

(आयोजनाको बाँध निर्माण स्थल) यो आयोजना निर्माणको लागी जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गर्ने जनाएको छ ।

यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.