नेपाल राष्ट्र बैङ्कले विभिन्न पदमा कर्मचारीहरू माग्यो

Image

नेपाल राष्ट्र बैंकमा रिक्त रहेका देहायबमोजिमका पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले देहायबमोजिमको योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट मिति २०८१\०६\१८ गतेदेखि मिति २०८१\०७\०२ गतेसम्म अनलाइन दरखास्त आव्हान गरिएको छ ।

दरखास्त साथ आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ । दरखास्त दस्तुर भुक्तानी नभएका वा म्याद नाघी प्राप्त हुन आएका वा रीत नपुगी पेश हुन आएका दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन ।

झुट्टा विवरण पेश गरी दरखास्त फाराम भरेमा सोको उम्मेदवार स्वयं जवाफदेही हुनुपर्नेछ । शर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिने छैन ।