सेयर बजारले नाघ्यो २७ सय विन्दु, कारोबार रकम घट्य

Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ। मंगलबार १५.५७ अंकले गिरावट आएको नेप्से बुधबार २५.३१ अंकले बढेको हो। योसँगै आज २७०१.४८ विन्दुमा पुगेको छ।

आज कारोबार भएकामध्ये १६६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। जसबाट ५ अर्ब ४४ करोडभन्दा बढीको कारोबार भएको छ। यो अघिल्लो कारोबारको रकमभन्दा कम हो।

जसमा विशाल बजार कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स कर्पोरेट लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोर्टलर्स नेपाल बालाजु लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ।