बैंकबाट ‘होम लोन’ निकाल्न केके गर्ने ?

 अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ ।

कर्जा प्रक्रियाका लागि आवश्यक कागजातहरु
जग्गाको लालपुर्जा
तिरो तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)
निर्माण इजाजत
घरको नक्शापास भएको कागजात
ब्लू प्रिन्ट र ट्रेस म्याप
तयारी घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र
ऋण लिने र ग्यारेन्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी
पासपोर्ट साइजको फोटो
आम्दानीको प्रमाणपत्र ( आफूले कम गर्ने कम्पनी वा संस्थाबाट लैजाने)
६ महिनाको बैंक स्टेटमेन्ट

धितो मूल्यांकन
बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छन् । प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको फेयर मार्केट भ्यालुु निकाल्छ बैंकले । सोपछि त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन् । अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ ।

मासिक किस्ता हिसाब
मासिक किस्ता ईएमआई कति रकम तिर्नुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ । यसका लागि स्मार्ट फोनमा कुनै ईएमआई क्यालकुलेटर एप्लिकेशन डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । बैंकहरूको वेबसाइटमा पनि इएमआई क्यालकुलेटर राखेको हुन्छ । त्यहाँ तपाईंले मासिक किस्ताको हिसाब निकाल्न सक्नुहुन्छ । तपाईंसँग बीचबीचमा आम्दानी बढ्यो भने कर्जा अवधिलाई घटाउन पनि सक्नुहुन्छ । वा अलिक बढी रकम भए त्यो तिरिदिएर बाँकी ऋणको ब्याज र किस्ता पनि तिर्न पाइने राष्ट्र बैंकको व्यवस्था छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.