नयाँ वर्षमा सीजीको नयाँ उपहार याेजना

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालीको नयाँ वर्षलाई लक्ष्य गर्दै आप्mनो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजनाअन्तर्गत ग्राहकले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहार प्राप्त गर्ने छन् ।

योजनाअन्तर्गत ग्राहकले सीजी ब्रान्डका टेलिभिजनको खरिदमा ३ वर्षसम्मको वारेन्टी तथा २८% सम्म बचत गर्न सक्ने छन् । सीजी ब्रान्डका रेफ्रिजरेटरको खरिदमा ६० महिनाको वारेन्टी र २८% सम्म बचत गर्न सक्ने छन् ।

सीजी ब्रान्डका विभिन्न वाशिङ मेसिनको खरिदमा १० वर्षसम्म वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त गर्ने छन् । यसैगरी अन्य थुप्रै इलेक्ट्रोनिक्स प्रोडक्टमा पनि यस्तै आकर्षक पक्का उपहार छन् ।

यो आकर्षक योजना कम्पनीले यही चैत्र १८ देखि देशभरमा सीमित अवधिका लागि लागू गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.