चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट, ब्यापारिक युद्धमा अमेरिकासँग पछि पर्यो

बेइजिङ। चिनीया आधिकारिक तथ्याँकहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो।

नोभेम्बर महिनामा चिनीया कारखानाको परिस्थिति मापन गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) ५०.० देखिएको छ। अक्टोबर महिनामा यो ५०.२ थियो। राष्ट्रिय तथ्याँक विभाग (एनबीएस) का अनुसार यो सूचक प्रक्षेपण गरिएभन्दा कम हो।

विगत दुई वर्षमा नै यो सूचकाँक सबैभन्दा न्यून विन्दुमा पुगेको छ। सूचकाँकमा ५०.० आउनु अर्थतन्त्र खुम्चिनु सरह हो।

एनबीएसका विश्लेषक झाओ क्विन्घेले जारी गरेको वक्तव्यमा चिनीया उत्पादनमा कमी नआएको तर मागमा केही कमी आएको उल्लेख छ। उनले नयाँ माग जुन गतिमा हुनुपर्ने थियो, पछिल्लो महिनामा कमी आएको बताए।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी२० को बैठकका अवसरमा भेटवार्ता हुनुअघि यो तथ्याँक सार्वजनिक भएको छ। जी२० को दुई दिने बैठक अर्जेन्टिनाको ब्युनसआयर्समा शुक्रबार हुँदैछ।

बैठकका क्रममा राष्ट्रपति ट्रम्पले चीनको अर्थतन्त्रमा व्यापक सुधार गर्नेगरी चिनीया राष्ट्रपति सी जिनपिङमाथि दबाब दिने अपेक्षा गरिएको छ। उनले अपेक्षित सुधार नभए आगामी जनवरीदेखि चिनीया सामानमा अझ करवृद्धि गर्ने चेतावनी दिए।

यद्यपि ट्रम्पले व्यापार युद्धमा युद्धविराम गर्ने मनस्थिति बनाएको विश्लेषकहरुको भनाइ छ। चीनको अर्थतन्त्र तेस्रो चौमासिकमा ६.५ प्रतिशतले वृद्धि भएको छ, तर यो विगत नौ वर्षयताकै सबैभन्दा न्यून हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.