बैंकमा जागिर खाने हो ? सिभिल बैंकले एकैचोटी माग्यो ५ सय कर्मचारी

काठमाडौं ।

बाणिज्य बैंकमा करिअर बनाउन चाहनेहरुको लागि राम्रो मौका आएको छ । ‘क’ वर्गको बाणिज्य बैंक सिभिल बैंकले विभिन्न पदमा गरी एकैचोटी झण्डै ५ सय कर्मचारी मागेको छ । बैंकले बुधबार (आज) एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा ४९६ जना कर्मचारी मागेको हो । यसरी मागिएका कर्मचारीमा ब्रान्च म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मको पदको लागि हो । बैंकले ५२ जना ब्रान्च म्यानेजर मागेको छ । सिभिल बैंकको ब्रान्च म्यानेजर पदमा आवेदन दिनको लागि बाणिज्य बैंकमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव चाहिने भनिएको छ । यस्तै बैंकले ३ जना कम्प्यायन्स अफिसर मागेको छ । यो पदमा आवेदन दिनको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ ।

सिभिल बैंकले क्रेडिट कन्ट्रोल अफिसरमा ५ जना कर्मचारी भर्ना गर्न लागेको छ । यो पदमा आवेदन दिनको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव चाहिने शर्त तोकिएको छ । रिस्क म्यानेजमेन्ट अफिसर पदको लागि सिभिलले ३ जना कर्मचारी मागेको छ । यो पदमा आवेदन गर्नको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव खोजिएको छ । बैंकले १८ जना कर्मचारी रिलेसनसीप अफिसर पदमा मागेको छ । यो पदको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव भएको योग्यता चाहिनेछ । ह्युमन रिसोर्स अफिसर पदको लागि ४ जना कर्मचारी मागिएको छ । यो पदमा आवेदन दिनको लागि ३ बर्षको बैंकिङ अनुभव भएकै हुनुपर्नेछ ।

बैंकले न्यू प्रोजेक्ट अफिसर पदमा ४ जना कर्मचारी मागेको छ । यो पदको लागि ३ बर्षको बैंकिङ अनुभव चाहिने बैंकको भनाइ छ । बैंकले ५० जना अपरेसन इन्चार्ज मागेको छ । यो पदको लागि पनि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ । लिगत अफिसर पदमा ४ जना कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव पनि चाहिने उल्लेख गरिएको छ । यस्तै आरएण्डडी अफिसर पदमा २ जना कर्मचारी मागिएको छ । यो पदको लागि पनि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव भनिएको छ । आइटी रिस्क म्यानेजमेन्ट असिस्टेन्ट पदमा १ जना कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा २ बर्षको बैंकिङ अनुभव भनिएको छ । रिकभरी अफिसर पदमा ३ जना कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा ३ बर्षको बैंकिङ अनुभव भनिएको छ ।

बैंकले असिस्टेन्ट रिलेसनसीप अफिसर पदमा १०० जना कर्मचारी मागेको छ । यो पदको लािग २ बर्षको बैंकिङ अनुभव भएको ब्यक्ति आवेदन दिनको लागि योग्य ठहरिने बैंकले जनाएको छ । सीएडी असिस्टेन्ट पदमा ७ जना कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा २ बर्षको बैंकिङ अनुभव भएको ब्यक्ति चाहिने भनिएको छ । बैंकले अपरेसन असिस्टेन्ट पदमा ४० जना कर्मचारी मागेको छ । यो पदको लागि कम्तिमा १ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ । यो पदमा अफिसर तहमा पुरुषको लागि २२ बर्षदेखि ४० बर्षबीचको र महिलाको लागि ४५ बर्षसम्मको उमेर हद तोकिएको छ । असिस्टेन्ट पदको लागि भने १९ देखि ३० बर्षबीचको र महिलाको हकमा ३५ बर्षसम्मको उमेर हद पनि तोकिएको छ ।

म्यानेजमेन्ट ट्रेनी पदमा ८० कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा १ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ । यो पदमा आवेदन गर्नको लागि १९ देखि ३० बर्षबीचको उमेर हुनुपर्नेछ । यस्तै ट्रेनी पदमा २० जना कर्मचारी मागिएको छ । यो पदको लागि अनुभव अनिवार्य छैन । उमेर भने २१ देखि २५ बर्षबीचको हुनुपर्ने भनिएको छ ।

बैंकले ट्रेनी असिस्टेन्ट पदमा १०० जना कर्मचारी मागेको छ । यो पदको लागि अनुभव अनिवार्य छैन । कम्तिमा १२ कक्षा वा सो सरहको अध्ययन पूरा गरेको र उमेर भने १९ देखि २३ बर्षबीचको हुनुपर्ने बैंकको भनाइ छ । यी सबै पदमा निवेदन दिने म्याद अक्टोबर ३० (कात्तिक १३) गतेसम्मको छ । आवेदकले मेरोजबडटकम वा रियलसोलुसनडटकमको वेबसाइटबाट फर्म भर्न सक्ने ब्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.