ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर खडका कुमारी बैंक जाने

ग्लोबल बैंकबाट पछिल्लो समय धेरै दक्ष जनशक्ति बाहिरिने क्रम बढेको छ । यहि वर्षमात्रै बैंकको उच्च तहमा रहेर काम गरेका दर्जन बढिले अन्य बैक रोजेका छन । पछिल्लो समय ग्लोबल बैंकको चिफ म्यानेजर रहेका क्षितिज खड्काले राजीनामा बुझाएका छन । उनि कुमारी बैंकको सहायक महाप्रबन्धक बन्ने गरि जान लागेका हुन । खडकाले ग्लोबल बैंकमा राजीनामा बुझाईसकेका छन भने कुमारीबाट अफर लेटर बुझिसकेका छन् । ग्लोबल बैंकमा तत्कालिन सिईओ जनक शर्मा पौडेलले छाडेपछि ग्लोबल छाडनेहरुको लर्को लागेको छ । पछिल्लो समय जनता बैंकसँग मर्ज भएपछि पनि बैंकको महत्वपूर्ण पदमा रहेका काम गरेका धेरैले ग्लोबल आईएमई बैंक छाडेर अन्य बैंक गएका छन । यस्तै पछिल्लो समय बैंकको बोर्ड र व्यवस्थापनसँग असन्तुष्ट बनेका बैंकका सिनियर डीसीईओ महेश ढकाल पनि बाहिरिने तयारी गरेको समाचार छ। उनले किन बैंक छाड्न लागेका हुन भन्ने भने खुलाएका छैनन ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.