हिमालयन ऊर्जा कम्पनीले करिब १० लाख कित्ता आइपिओ बेच्ने

काठमाडौं ।

हिमालयन ऊर्जा विकास कम्पनीले ९ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित रामेछापको गोकूलगंगा गाँउपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाँउपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयर बिक्री गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयलाई अति प्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।

एक सय रुपैयाँ अंकित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द भने मंसिर ५ गते हुनेछ ।

न्यूनतम ५० कित्ता र अधिकत्तम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनलिे १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत १ अर्ब ९१ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ भने माथिल्लो खिम्ती दोस्रोको लागत एक अर्ब २३ करोड २२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.