अब रहेन हर्लिक्स उत्पादन गर्ने जीएसके ब्रान्ड

भारतको सबैभन्दा ठूलो उपभोग्य वस्तु कारोबारी फर्म हिन्दुस्तान युनिलिभरले ३१७०० करोड भारतीय रुपैयाँमा प्रसिद्ध उत्पादन हर्लिक्सको निर्माता जीएसके (ग्लैक्सोस्मिथक्लाइन) आफूमा विलय गर्ने भएको छ ।

अल–इक्विटी मर्जरमा प्रत्येक जीएसके कन्ज्यूमर इन्डियाको सेयरबराबर हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल) सेयरको एक्सचेन्ज अनुपात ४.३९ सेयर तोकिएको छ । एचयूएलका चेयरम्यान सञ्जीव मेहताले भने, ‘जीएसकेसीएच इन्डियासँग प्रस्तावित यो रणनीतिक विलयसँगै हामी आफ्ना ग्राहकहरुको पोषणसम्बन्धी आवश्यकता पूरा गर्ने एउटा नयाँ श्रेणीमा महान ब्रान्डसँग आफ्नो पोर्टफोलियोको विस्तार गर्ने छौं ।’

एचयूएलको डिलसँगै १४० वर्ष पुरानाे ब्रान्ड आफ्नो ब्रिटिश स्वामित्व यथावत बनाइराख्ने छ । द्वितीय विश्व युद्धको अन्त्यपछि हर्लिक्स ब्रिटिश सेनासँगै पूरक आहारका रुपमा भारत आएको थियो । हर्लिक्सलाई पहिला समृद्ध भारतीयहरुका लागि पारिवारिक पेय र पछि गएर बालबालिकाहरुका लागि पोषक पेयका रूपमा बजारीकरण गरियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.