जलविद्युत कम्पनीले ७ खर्ब (अमेरिकी डलर) भित्र्याउँदै

जलविद्युत लगानी तथा विकास कम्पनीले करिब ७ खर्ब रुपैयाँ (७ अर्ब अमेरिकी डलर) विदेशी लगानी जुटाउन लागेको छ । ठूला जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले प्रक्रिया सुरु गरिएको हो ।
विदेशी लगानी आकर्षित गर्ने विषय सञ्चालक समितिबाट स्वीकृत भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बताए ।
नेपाल विद्युत प्राधिकरण, उत्पादन कम्पनी तथा निजी क्षेत्रका आयोजना छनोटमा छन् । उनले भने, ‘प्रसारण लाइन निर्माणको पक्ष पनि समेटिएको छ ।’ कम्पनीले पहिलो चरणमा चीनको इन्ड्रष्ट्रियल एन्ड कमर्सियल बैंक अफ लाइनलाई लगानको प्रस्ताव गरेको छ । गत बैशाख १० गते (अप्रिल २३) चीनमा आयोजित ‘नेपालको जलविद्युत विकासमा लगानीको अवसर’ विषयक कार्यशालामा कम्पनीले प्रस्तावबारे विस्तृत जानकारी गराएको छ । प्रस्तावमा सरकारी तथा निजी क्षेत्रबाट अघि बढाइएका ३ हजार ५ सय मेगावाटका ३१ आयोजना पेस गरिएको छ ।
तीमध्ये १८ आयोजना निजी क्षेत्रले अघि बढाइरहेका छन् । कम्पनीले पुँजी विस्तार गर्दै ठूला आयोजनामा लगानी गर्न एसियाली विकास बैंक (एडिबी) सँग ५ करोड अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) सहुलियत ऋण लिने प्रक्रिया पनि अघि बढाएको छ ।
उक्त रकम विशेषतः ठूला आयोजना र स्वपुँजीमा लगानी हुनेछ । अहिलेसम्म कम्पनीले ५ सय ४१ मेगावाटका आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, ५ सरकारी निकायमा ३४ करोड रुपैयाँभन्दा बढीको स्वपुँजी लगानी गरेको छ । कम्पनीले ऋण लगानी गरेका आयोजनामा करिब डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ । कम्पनीले विभिन्न आयोजनामा साढे ९ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.