इरानमाथि अमेरिकी प्रतिबन्ध: पेट्रोलियम मूल्य उच्च हुने, महङ्गी बढ्ने संभावना

काठमाण्डौ । अमेरिकाले इरानसँग भएको परमाणु सम्झौताबाट आफूलाई अलग गरेको छ । यहीकारण फेरि एकपटक कच्चा तेलको मूल्यमा उछाल आउने संभावना बढेको छ । हाल कच्चा तेलको मूल्य प्रति ब्यारेल ७७ डलरको उचाईमा छ । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण तेलको मूल्य ९० डलरको उचाईसम्म पुग्नसक्ने विश्लेषकहरुले दाबी गर्न थालेका छन् । यसले भारतले आयात गर्ने कच्चा तेलको मूल्य समेत बढ्नेछ र त्यहाँबाट नेपालले आयात गर्ने  तेलको मूल्य बढेर आर्थिक सन्तुलन खलबलिन सक्नेछ । तेलको मूल्य बढेसँगै नेपालको भारतसँगको व्यापार घाटा अझै बढ्नेछ भने यसले आन्तरिक बजारमा महङ्गी बढाउन मुख्य भूमिका खेल्नसक्नेछ ।

इनर्जी विज्ञ नरेन्द्र तनेजाले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको असर तत्कालै देखिन थाल्नेछ । बढ्दो घटनाक्रमलाई हेर्दा कच्चा तेलको मूल्य एकमहिनामै ८० डलरको उचाईमा पुग्ने र त्यसपछि अझ बढेर ९० डलर पुग्ने विश्लेषण गरिएको छ ।

अमेरिकी प्रतिबन्धले तेल आयातकर्तालाई देशलाई मात्र होइन, इरानलाई समेत निकै ठूलो असर पर्ने बताइन्छ ।

इरानमा धेरैजसो अन्तर्राष्ट्रिय कारोबार अमेरिकी डलरमा हुने गर्छ । प्रतिबन्धका कारण इरानको भुक्तानी क्षमता नराम्ररी बिग्रनसक्छ । अमेरिकी प्रभावका कारण धेरै भन्दा धेरै देशले इरानसँग तेल आयात गर्न समेत हच्किन सक्नेछन् ।

इरानको तर्फबाट निर्यात हुने कच्चा तेलको इन्स्योरेन्समा समेत झमेला आउनसक्नेछ । कारण, यस्तो तेलको इन्स्योरेन्स गर्दै आएका अधिकांश कम्पनीमा अमेरिकी प्रभाव छ ।

यस्तै, ठूला पानीजहाजमार्फत हुने कच्चा तेलको ढुवानी समेत बिग्रन सक्नेछ । किनभने सिपिङ सेक्टरमा अमेरिकाको एकछत्र प्रभूत्व त छैन, तर अधिकांश यस्ता कम्पनीमा अमेरिकी प्रभाव छ ।

नेपाललाई के असर ?
नेपालले भारतबाट पेट्रोलियम पदार्थको आयात गर्दछ । भारतले जुन-जुन देशबाट तेल किन्छ, त्यसममा इरानको तेश्रो स्थान छ । यो प्रतिबन्धले भारतले तेल आयातका लागि फेरि सन् २०१४ मा जस्तै इराक र साउदी अरबतर्फ केन्द्रीत हुन सक्नेछ । तर, प्रतिबन्धका कारण तेलको मूल्य बढ्ने भएकाले भारतको समेत आयात खर्च बढ्नेछ र त्यसले नेपालले आयात गर्ने तेलको मूल्य समेत अझै माथि पुग्नेछ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.