धेरै कर तिर्ने सम्मानित, हेर्नुहोस् कुनकुन परे ?

सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । सातौं राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीहरुलाई सम्मान गरेको हो । सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने व्यवसायी सिद्धार्थ राणा सम्मानित भएका छन् भने कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिरेर सूर्य नेपाल सम्मानित भएको छ । राणा यसअघि चार पटक सबैभन्दा बढी आयकर तिर्ने व्यवसायीको रुपमा सम्मानित भईसकेका छन् ।

सूर्य नेपालको सम्मान कम्पनीका उपाध्यक्ष रवि केसीले ग्रहण गरेका छन् । कम्पनी मध्ये सबैभन्दा बढी आयकर एनसेलले तिरेको भएपनि कर विवादमा मुछिएकोले एनसेललाई सम्मान दिन नसकिएको स्रोतले जनाएको छ ।

निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ । उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ । कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि सम्मानित भएको छ ।

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ । लघुवित्तमा छिमेक लघुवित्त सम्मानित भएको छ । बीमा व्यवसायतर्फ नेपाल पूनर्बीमा कम्पनी लिमिटेड सम्मानित भएको छ ।

स्वास्थ्य तथा शिक्षा तर्फ बिराटनगरको नोबेल मेडिकल कलेजले धेरै कर तिरेको छ । सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल सम्मानित भएको छ । त्यस्तै पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएको छ ।

४० करोड रुपैयाँसम्म व्यवसाय गर्ने मध्यमस्तरीय करदताबाट नेपाल इन्भेष्टमेन्ट लिमिटेड सम्मानित भएको छ । ४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ । यस्तै पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको हो । विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.