८ वर्षपछि एपललाई उछिन्दै माइक्रोसफ्ट सबैभन्दा मूल्यवान कम्पनी

आठ वर्षपछि गत शुक्रवार केही समयका लागि एपललाई उछिन्दै माइक्रोसफ्ट अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्यो । तथापि, एपलले केही बेरमै आफ्नो स्थिति फेरि हासिल गर्दै माइक्रोसफ्टलाई पछाडि पार्यो । एपल सन् २०१० मा माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो ।

शुक्रबार अमेरिकी सेयर बजार नेस्डेकमा एक समय माइक्रोसफ्टको बजार पुँजीकरण (मार्केट क्यापिटल) ७५३.३ अर्ब ड‘लर थियो जबकि एपल २०१० पछि पहिलो पटक दोस्रो नम्बरमा आयो । एपलको मार्केट क्यापिटल शुक्रबार घटेर ७४६.८ अर्ब डलर पुग्यो ।

त्यसपछि एपलले आफ्नो स्थिति मजबुत बनाउँदै पहिलो नम्बर फेरि प्राप्त गर्यो । नेस्डेकको वेबसाइटअनुसार शुक्रबार कारोबार बन्द हुँदासम्म एपलको मार्केट क्यापिटल ८१७.५८ अर्ब डलर पुग्यो । माइक्रोसफ्टले पनि वृद्धि हासिल गर्यो तर सबैभन्दा बढी मार्केट क्यापिटलको हैसियतले दोस्रो नम्बरमा रह्यो । कारोबार बन्द हुँदा उसको मार्केट क्यापिटल ७९१.१९ थियो ।

गत अगस्तमा एपल अमेरिकाको पहिलो १००० अर्ब डलरको कम्पनी बनेको थियो तर उसले सो स्थान कायम राख्न सकेन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.