मोनो रेलको डीपीआर तयार पार्न सम्झौता : डीपीआर चाइना रेल्वेले बनाउने

काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्झौता भएको छ ।
चाइना रेलवे ब्युरो ग्रुप कर्पोरेट लिमिटेड र काठमाडौँ महानगरपालिकाबीच बुधबार मेनेरेलको डीपीआर निर्माणसम्बन्धी प्रतिवेदनमा हस्ताक्षर भएको हो ।

मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड(सीआरसीं) ब्युरो २५० का पदाधिकारीबीच सम्झौता भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र कम्पनीका पदाधिकारीबीच डीपीरसम्बन्धी प्रतिवेदनमा सयुक्त रुपमा हस्ताक्षर भएको हो । प्रतिवेदनअनुसार आगामी ६ महिनाभित्र डीपीआर तयार हुने गरी कम्पनीसँग सम्झौता भएको हो । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।

यसअघि काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइसकेको थियो । मोनोरेल निर्माणका लागि कुल लागत एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने अनुमान छ ।

सम्भाव्यता अध्ययन गर्दा काठमाडाैं र ललितपुर क्षेत्रमा सडक माथिका २७ किलाेमिटर क्षेत्रफलमा माेनाेरेल सञ्चालन सम्भव देखिएकाे थियाे । काठमाडाैं साइमेक्स प्रालिले माेनाेरेलकाे सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएकाे थियाे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.