नेशनल माइक्रोफाइनान्सका खूद नाफातर्फ ३४.२१% को फड्को, इपीएस रु. ७०.३८

काठमाण्डौ ।

नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ ३४.२१ प्रतिशतको फड्को मारेको छ।

समीक्षा अवधिमा यो कम्पनीले २ करोड ६४ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १ करोड ९७ लाखमा सीमित थियो ।

यो कम्पनीले ३ करोड ९ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ४ करोड १५ लाखको उचाई चुमाएको छ ।

व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान दिएका कारण ३ करोड ९२ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ५ करोड ३४ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा नेशनल माइक्रोफाइनान्सले ८४ करोड २१ लाख निक्षेप संकलन गरी १ अर्ब ८६ करोड बढी सापटी लिई २ अर्ब ६३ करोड बढीको कर्जा बिस्तार गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४० करोड निक्षेप संकलन गरी तथा १ अर्ब ४७ करोड सापटी लिई १ अर्ब ६८ करोड बढी कर्जा बिस्तार गरेको थियो ।

कम्पनीले १० करोड ५१ लाखमा सीमित रिजर्बलाई बढाएर १४ करोड ९३ लाख पुर्याएको छ भने ०.८० प्रतिशतमा सीमित खराब कर्जाको अनुपात भने बढेर १.२६ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७०.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ रु. १९९.२४ र मूल्य आम्दानी अनुपात १२१.१७ गुणा कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.