नेप्से : शुन्य दशमलब ९० अंक बढ्दा ६३ करोड कारोबार

सातामा पहिलो दिन कारोबार खुल्दादेखि नै १७ अङ्कले घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो दिन रोकिएको छ । स्थिर अवस्थामा रहेर बन्द भएको नेप्सेमा सोमबार ६३ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्से ०.९० अङ्कले सामान्य बढेको अवस्थामा बन्द भएको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से १ अङ्क ओरालो लागेपछि सुधार भएको थियो ।

कारोबार सुरु भएको डेढ घन्टामा १३ अङ्क बढेर ११४३.८१ अङ्कमा पुगेको नेप्से त्यसयता घट्दै स्थिर अवस्थामा रहेर बन्द भएको हो । नेप्सेमा कारोबार भएका १५६ कम्पनीका ४ हजार ७ सय ६९ कारोबारबाट २१ लाख ३९ हजार कित्ता सेयर किनबेच भई ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएका ११ समुहमध्ये ७ समूहमा गिरावट आए पनि नेप्से स्थिर अवस्थामा रोकिएको छ । आज नेप्सेमा ४ समुह भने सुधारात्मक अवस्थामा रोकियो । सबैभन्दा बढी निर्जीवन बिमा ९२.१, जीवन बिमा १३.५७ अङ्कले बढेको छ ।

आज नेपाल बैङ्कको ३ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.