काठमाडौं बाहिर नयाँ शेयर ब्रोकर थप्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले काठमाडौं उपत्यकता बाहिरबाट शेयर कारोबार गर्नका लागि ब्रोकर संख्या थप्ने भएको छ।

बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं बाहिर ब्रोकर लाइसेन्स खुला गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको जनाएको छ।

संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला/स्थानहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न लागिएको बोर्डले जनाएको छ।

धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भइसकेको अवस्थामा ब्रोकर संख्या थप गर्नु पर्ने आवश्यकता रहेको बोर्डले तर्क दिएको छ।  यसबाट रोजगारी बढ्नुका साथै धितोपत्रको दोस्रो बजार कारोवार सुविधासमेत देशव्यापी रुपमा विस्तार हुने बोर्डले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.