दुगडबाट शारडाले खोस्यो निशान गाडी, कम्पनीविरुद्ध दुगडको मुद्दा, डिलर लिन पैसाको चलखेल

काठमाडौं।

एमभी दुगड ग्रुपले जापानको गाडी उत्पादक निशान मोटर्स विरुद्ध मुद्दा हालेको छ। ३३ वर्षदेखि निशान गाडी बिक्री गर्दै आएको समूहले अर्को व्यापारिक समूह शारडालार्इ अधिकृत बिक्रेता नियुक्त गरेपछि जिल्ला अदालतमा मुद्दा हालेको हो।

एमभी समूहका अध्यक्ष मोतीलाल दुगडले निशानले दिएको टार्गेट अनुसार काम गरेपनि अचानक अधिकृत बिक्रेताबाट हटाएकोले मुद्दा हाल्नुपरेको बताए।
निशानले भनेअनुसार नै हामीले शोरुम बनायौ। सर्भिस सेन्टर पनि उनीहरुको इन्जिनियरले बनाएको डिजाइनमा बनायौं, उनले बिजमाण्डूसँग भने, उनीहरु आएर हेरेका पनि हुन्। तर हामीले निशानले भनेको सबै टार्गेट पूरा गर्दा पनि अर्को कम्पनीलार्इ अधकृत बिक्रेता नियुक्त गरेकाले मुद्दा हालेका हौं।
निशान कम्पनीको इन्टेन्सननै गलत भएको भन्दै दुगडले पछिल्लो समय अरुले गरिरहेको बिजनेश खोस्ने अस्वस्थ प्रतिस्पर्धा नेपालमा सुरु भएको बताए। उनले कम्पनीका व्यक्तिलेनै अतिरिक्त लाभ लिएर अधिकृत बिक्रेता दिने काम भएको आरोप लगाए।
हामीले राम्रो काम गर्न नसकेको भए रोयल इनफिल्ड, महिन्द्राको कर्मसियल भेहिकल र भर्खरै किलोस्कर किन अधिकृत बिक्रेताको रुपमा रहन्थ्यो, उनले प्रश्न गर्दै भने, अहिले कुनैपनि गाडीको अधिकृत बिक्रेता लिँदा ठूलो पैसाको चलखेल हुने गरेको सुनेको छु।
निशान समूहले उत्पादन गरेको डाट्सन ब्राण्डको गाडी भारतमा उत्पादन हुन थाल्यो। डाटसनको नेपालको अधिकृत बिक्रेता बन्यो शारडा समूहको पायोनियर मोटर्स। शारडा समूहले डाटसन बिक्री सुरु गरेदेखि नै निशानको अधिकृत बिक्रेता लिने प्रयास गरेको स्रोतले बतायो।
स्रोतका अनुसार शारडा समूहले निशानको गाडी राम्रो बिक्री हुनसक्ने अवस्था भएपनि एमभी दुगड एग्रेसिभ हुन नसकेको जानकारी निशानसम्म पुर्याएको थियो। शारडाले निशानको बिक्री दोब्बर पार्ने लक्ष्यसहित अधिकृत बिक्रेता हात पारेको हो। डाटसनमा रहेका भारतीयहरुलार्इ प्रभावमा पारेर निशान गाडीको बिक्री हात पारेको हो।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.