आज र भोलि उपत्यकाका यी स्थानमा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले आज र भोलि उपत्यकाका केही स्थानमा विद्युत् लाइन काट्ने भएको छ ।
प्राधिकरणका अनुसार पुलचोक वितरण केन्द्रअन्तर्गतको सैबु फिडरबाट वितरित ११ केभी लाइन भैसेपाटी रेडियो नेपाल टावर परिसरबाट खोकना दोबाटोसम्मको पोलहरू स्थानान्तरण गर्ने क्रममा निर्माण एवं मर्मत कार्य गर्नुपर्ने भएकाले मङ्गलवार र बुधवार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भैसेपाटी जनता आवास एरिया, वाईवाई चोक, खोकना दोबाटो चोक एरिया, डिस होम एरियालगायत क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.