पहिलो त्रैमासमा जनसेवी लघुवित्तको मुनाफा ३२ लाख

काठमाण्डौ । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख बराबरको मुनाफा आर्जान गरेको छ ।

१० जिल्ला कार्यक्षेत्र (पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा , तनहुं, लमजुङ, कास्की र गुल्मी) भएको यस संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ ।

यस वित्तीय संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूंजी रु.१४ करोड रहेको छ भने चुक्ता पूंजी रु.९ करोड ८० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १२,२४६ जना ग्राहक सदस्यबाट २०७५ कार्तिक मसान्त सम्म१४ करोड ३६ लाख ६२ हजार २० रुपैया बचत संकलन गरेको छ ।

संस्थाले ७ हजार ३ सय ४७ जना सदस्यलाई१ अर्व,४४ करोड, ४३ लाख, ७२ हजार ५ सय कर्जा प्रवाह गरी ९५ करोड, ८३ लाख १३ हजार ५ सय ८१ असुली भई हाल रु ४८ करोड, ६० लाख, ५८ हजार ९ सय १९ रुपैया लगानीमा रहेको संस्थाले जनाएको छ ।

यस वित्तीय संस्थाले सर्बसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए ।

यस वित्तीय संस्थाले स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तार गरी हाल सम्म २५ वटा शाखा कार्यालय पुर्याइसकेको छ । निकट भविस्यमै यस वित्तीय संस्थाले ५ जिल्ला (स्याङ्जा, पाल्पा, मकबानपुर, दाङ र चितवन) लाई कार्यक्षेत्र थपको प्रस्ताब सहित स्वीकृतीका लागी नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.