दुई महिनामा झण्डै १० करोड राजश्व संकलन

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/०७६ दुई महिनामा झण्डै १० करोड रकम राजश्व संकलन गरेको छ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले दुई महिनामा नाै करोड ७७ लाख ६५ हजार एक रुपैयाँ राजश्व संकलन गरेको जनाएका हुन्।  मन्त्री वोहराले दुई महिनामा ७.५४ प्रतिशत राजश्व संकलन गरेको बताए। ‘हामीले २५ अर्व ६ करोड ५६ लाख १४ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेका थियौं’ मन्त्री वोहराले भने दुई महिनामा ‘झण्डै १० करोड राजश्व संकलन गर्न सफल भयौं।’ प्रदेश सरकारले उठाउनु पर्ने एक अर्व २९ करोड ६५ लाख ८२ हजार रुपैयाँ मध्ये करिब १२ प्रतिशत राजश्व संकलन भएको मन्त्री वोहराले दावी गरे का छन्।

प्रदेश सातमा घरजग्गा दर्ता कर वाफत पाँच करोड चारलाख, सवारी साधन कर वाफत चार करोड २५ लाख र दण्ड जरिवाना तथा जफत करवाफत ४७ लाख ७६ हजार रुपैयाँ संकलन गरिएको छ। ‘यो रकम कुल संकलित कर मध्ये प्रदेश सरकारको भागमा परेको ६० प्रतिशतको तथ्यांक हो ’ मन्त्री वोहराले भने। अहिले घरजग्गा रजिष्ट्रेशन, सवारी साधन कर, मनोरञ्जन कर, न्यायिक डण्ड जरिवाना कर लगायतको कर प्रदेश सरकारले उठाइरहेको छ।

कर संकलनमा कैलालीको एउटै जिल्ला सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लाको हाराहारीमा रहेको मन्त्री वोहराले बताए। प्रदेशमा सवारी साधन कर सबै भन्दा बढी संकलन भएको उनले जानकरी दिए।  सुदूरपश्चिम प्रदेशका नौं जिल्लामा १२ वटा मालपोत कार्यालयहरुबाट राजश्व संकलन भइरहेको छ। ‘कैलालीको धनगढी मालपोत कार्यालयले अन्य ११ वटा मालपोत कार्यालय भन्दा बढी राजश्व संकलन गरिरहेको छ’ मन्त्री वोहराले जानकारी दिए। साउन महिनामा सुदूरपश्चिम प्रदेका मालपोत कार्यालयहरूले ६ करोड ८८ लाख राजश्व संकलन गरेकोका छन्।

धनगढीको कार्यालयले तीन करोड ३० राजश्व संकलन गरेको छ। भदौं महिनामा पाँच करोड ७१ लाख राजश्ब संकलन गरिएकोमा धनगढी मालपोत कार्यालयले तीन करोड अाठलाख राजश्व संकलन गरेको मन्त्री वोहराले पत्रकार सम्मेलनमा स्पष्ट पारे।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.