चार महिनामै ६८ करोड राजस्व सङ्कलन

कञ्चनपुर :

 चार महिनामै आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२.१६ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा ५२ करोड १९ लाख १७ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकामा ६८ करोड ९७ लाख ४७ हजार राजस्व सङ्कलन भएको बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि उक्त कार्यालयले एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा एक अर्ब ४८ करोड २० लाख नौ लाख रूपैयाँ सङ्कलन गरेको थियो । जुन लक्ष्यभन्दा १२४.६ प्रतिशत बढी थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.