‘हुँदा खाने र हुनेखाने सबैको लागि सामाजिक सुरक्षा कार्यक्रम’

प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा कोही भोकले नमर्ने बताएका छन् । प्रथम सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोष ढुकुटीबाट झिक्दै बाँड्दै गर्ने नभई ढुकुटी भर्दै त्यसको भरथेग गर्दै बाँड्ने कोष भएको बताएका बताएका छन् । उनले हुँदा खाने, हुनेखाने, रोजगारी भएका रोजगारी गुमाएका सबैका लागि समेट्ने गरी कार्यक्रम आएको उल्लेख गर्दै उनले आफ्ना नागरिकका लागि राज्यले अभिभावकत्व ग्रहण गर्ने तथा श्रम गरेपछि उचित पारिश्रमिकको व्यवस्था र सुरक्षाको प्रत्याभूति दिने बताए ।

प्रधानमन्त्री ओलीले २५ वर्षअघि आफ्नो पार्टीको अल्पमतको सरकारले ल्याएको सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत जेष्ठ नागरिक सुरक्षा कार्यक्रम शुरु भएको उल्लेख गर्दै त्यतिखेर आलोचना गरिए पनि अहिले वृद्धवृद्धामा मनोवैज्ञानिक क्रान्ति आएको दाबी गरे ।

मिलिजुली बस्ने र बाँडिचुँडी खाने नेपाली समाजमा अहिले परिवार टुक्रिएको, आत्मियता कम भएको र सक्नेले खाने, नसक्नेले भोकै बस्ने अवस्था आउन लागेकाले राज्य अभिभावक बनेर यो कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.