सेयर कारोबार अर्ब मूनि ओर्लियो, बजार पनि घट्यो, हाम्रो विकास बैंकका सेयरधनीले कमाए

काठमाडौँ ।
साताको अन्तिम दिन शेयर बजार घटेको छ। हिजोअस्तिको कारोबार रकमको तुलनामा बिहीबार घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.६३ अंकले घटेर १६३५.७५ अंकमा ओर्लिएको छ। दिनभरीमा १५५ कम्पनीको ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल १७ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको हो।
आज सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको छ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। उपसूचक मिस्रित देखिएका छन्। आठ समुहको कारोबार भएकोमा चार समुहको बढेको छ भने चार समुहमा गिरावट देखिएको छ।
आज सबैभन्दा बढी हाम्रो बिकास बैंकका शेयरधनीले कमाएका छन्। बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका हुन्। सबैभन्दा बढि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.