बोइङ ७३७ म्याक्स विमानमा फेरि समस्या : अमेरिकामा आपातकालीन अवतरण

अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स जेटले मङ्गलबार ओर्लान्डो, फ्लोरिडामा सुरक्षित आपातकालीन अवतरण गरेको अमेरिकी सङ्घीय उड्डयन प्राधिकरण (एफएए)ले बताएको छ । उडानको केही समयमै इन्जिनमा समस्या पाइएपछि सो विमानलाई आपातकालीन अवतरण गरिएको हो ।

ओर्लान्डो विमानस्थलबाट उडेको सो विमानका कर्मचारीले स्थानीय समयअनुसार अपराह्न्न २ः५० मा सफल अवतरण गरेको घोषणा गरेका थिए । उक्त विमानमा कोही पनि यात्रु थिएनन् ।

दुर्घटनामा परेका दुई विमानमा आशङ्का गरिए झैं यो विमानमा एन्टि स्टल सफ्टवेयरको समस्या नदेखिएको अवतरणबारे अनुसन्धान गरिरहेको एफएएले बताएको छ ।

सोही मोडलका विमान पाँच महिनाको अन्तरालमा सयौंको ज्यान जाने गरी दुर्घटनामा परेपछि अमेरिकाले ७३७ म्याक्सलाई मार्च १३ देखि ग्राउन्ड गरेको छ ।

अमेरिकी एयरलाइन्सले सो विमानलाई उडान भर्ने अनुमति दिएको छ, तर त्यसले यात्रु बोक्न भने पाउने छैन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.