सनराइज बैंकको रु.१ अर्ब रकम बराबरको ऋणपत्र जारी

सनराइज बैंक लिमिटेडको रु. १ हजार अंकित दरको पाँच वर्ष अवधि भुक्तानी भएको वार्षिक १० प्रतिशत व्याजदर भएको अर्धबार्षिक ब्याज भुक्तानी गर्ने रु.१ अर्ब रकम बराबरको ऋणपत्र खरीदका लागी आह्वानपत्र निश्काशन गरेको छ ।

त्यस मध्ये ४ लाख कित्ता बराबरको रु.४० करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा साठ्ठी करोड रुपैँया परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्रि खुल्ला गरेको छ ।

ऋणपत्र चैत २० बाट खरीद गर्न सकिने र उक्त निष्काशन छिटोमा चैत २५ र ढिलोमा २०७६ बैशाख १९ सम्म खुल्ला रहने जनाएको छ । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।

बैंकलाई इक्राले न्युन कर्जा जोखिम “ऋब्च्भ् ल्ए – ब्(” रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागी आबेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.