कात्तिक २९ र ३० गते नेपाल-बंगलादेश उर्जा संयन्त्रको बैठक बस्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । आगामी कात्तिक २९ र ३० गते नेपाल–बंगलादेश उर्जा संयन्त्रको बैठक काठमाडौंमा बस्ने भएको छ ।

उर्जा मन्त्रालयले बैठकको आवश्यक तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयलाई पत्राचार गरेको हो ।

गत साउनमा भएको द्धिपक्षीय समझदारीका आधारमा स्थापना भएका संयुक्त सञ्चालन समिति र संयुक्त कार्यसमूहको बैठक आयोजना गरिएको हो ।

मन्त्रालयले बंगलादेश सरकारलाई उक्त मितिमा बैठक बस्नका लागि प्रस्ताब पठाएको उर्जा मन्त्रालयका सहसचिब दिनेश घिमिरेले जानकारी दिए ।

‘हामीले उक्त मितिमा बैठकको आयोजना गर्नका लागि प्रस्ताब पठाएका छौं, उताबाट कन्फर्मेशन भइसकेको छैन,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

बैठकमा बंगलादेशले नेपालको उर्जा क्षेत्रमा गर्न लागेको लगानी एवं गत भदौ २० देखि २४ सम्म उर्जामन्त्री वर्षमन पुनले गरेको भ्रमणका क्रममा भएको सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ ।

बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ । पछिल्लो पटक बंगलादेशले भारतीय कम्पनी जीएमआरले लगानी गर्ने तयारी गरेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट विद्युत किन्ने प्रस्ताब गरेको छ ।

बंगलादेशको मन्त्रिपरिषदले विद्युत खरिद गर्ने प्रस्ताब सैद्दान्तिक रुपमा स्वीकृत गरी खरिद दरका विषयमा भारतीय कम्पनी एनभीभीएनसँग वार्ता गरिरहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.