डेटा हबलाई यस वर्षको आइसिटी अवार्ड

यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा निजी क्षेत्रतर्फ डेटा हबलाई सम्मान गरेको हो ।

डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ।

निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि रहेको कम्पनीले जनाएको छ।

विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई सेवा उपलब्ध गराउँदै आइरहेको कम्पनीको दाबी छ।

उसले गूगल, फेसबुक, अकामाई जस्ता विश्व प्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको र क्लाउड सर्भिसका लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एति क्लाउड पनि सञ्चालनमा रहेको जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.